असोज मसान्तभित्र हतियार बुझाउनेलाई गृह मन्त्रालयले गर्ने सम्मान, ढिलाइ भए कानुनी कारबाही

ecopolinews.com


काठमाडौं, असोज १० –गृह मन्त्रालयले भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा काठमाडौंसहित देशभरका विभिन्न ठाउँबाट हराएका सुरक्षा निकायका हातहतियार र खरखजाना असोज मसान्तभित्र फिर्ता गर्न आग्रह गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै हराएका हतियार वा खरखजाना फेला परे नजिकैको सुरक्षा निकायमा बुझाउन आह्वान गरेको हो। असोज मसान्तसम्म बुझाउने वा जानकारी दिने व्यक्तिलाई सम्मान गरिने स्पष्ट गरिएको छ।

तर सो मितिपछि कसैकोमा हतियार वा खरखजाना भेटिए कानुनअनुसार कडा कारबाही हुने चेतावनी मन्त्रालयले दिएको छ।

प्रतिक्रिया