जंगीअड्डामा निर्णायक वार्ता : जेनजी टिमसँगै व्यवसायी दुर्गा प्रसाईं पनि उपस्थित

ecopolinews.com
काठमाडौं । मुलुकको राजनीतिक संकट निर्णायक चरणतर्फ उन्मुख भएको बेला जेनजी आन्दोलनको अगुवाइ गर्ने ‘हामी नेपाल’ टिम जंगीअड्डामा पुगेको छ। उक्त टिमले प्रधानसेनापति अशोकराज सिग्देलसँग प्रत्यक्ष वार्ता सुरु गरेको स्रोतले जनाएको छ।

वार्तामा जेनजी आन्दोलनको प्रारम्भिक उद्घोष गरेका १५–१६ जना सदस्य सहभागी छन्। विशेष ध्यानाकर्षण भने व्यवसायी दुर्गा प्रसाईंको उपस्थिति हो। उनी पनि जंगीअड्डामा पुगेका छन् र आवश्यक परे वार्तामा समेत सहभागी हुने तयारीमा रहेको जेनजी टिमका एक प्रतिनिधिले जानकारी दिए।

यो भेटवार्ता देशको आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण मोड बन्न सक्ने विश्लेषण भइरहेको छ।

प्रतिक्रिया