भ्रष्टाचारविरोधी आन्दोलनमा आक्रोशित युवा संसद भवन अगाडि भिडे, सेनासहित सुरक्षाकर्मी तैनाथ; "हतियारले होइन, न्यायले देश चल्छ" भन्ने संदेशसहित सडक तताए
रविन्द्र कट्टेल
काठमाडौं – बिहान ८ः३० बजेबाट अनिश्चितकालका लागि कर्फ्यु जारी भए पनि, जेनजी पुस्ताले दमनको डर नमानी सडकमा अवतरण गरेका छन्। उनीहरु नयाँबानेश्वरस्थित संसद भवन अगाडि भेला भएर शक्तिशाली भ्रष्टाचारविरोधी आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।
१९ जना युवा आन्दोलनकारीको ज्यान गइसकेपछि आक्रोशको ज्वाला अझै भड्किएको छ। मृतकका साथी र आफन्तले "अब सहेर बस्दैनौं" भन्दै विरोधलाई थप उग्र बनाएका छन्।
बानेश्वर क्षेत्र अहिले उच्च सुरक्षा घेराभित्र छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति देखिन्छ। तर हतियारधारी राज्य संयन्त्रलाई वेवास्ता गर्दै, यो पुस्ता "भ्रष्टाचार अन्त्य नभएसम्म प्रतिकार जारी रहनेछ" भन्ने अठोटसहित सडकमा उत्रिएको छ।
२४ भदौ २०८२, मङ्गलबार ०९:२७ मा प्रकाशित