काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा ठूला परिवर्तन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमुक्त गर्दै मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको हो। सरकारको यो निर्णयसँगै नेपाल विद्युत प्राधिकरणको आगामी नीतिगत दिशा र ऊर्जा क्षेत्रको नेतृत्वमा नयाँ दृष्टिकोण आउने अपेक्षा गरिएको छ।
५ असोज २०८२, आईतबार ०७:४४ मा प्रकाशित