नेपाली कांग्रेसको १५औँ महाधिवेशन: सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधिमा पुष्कर बास्तोलाको बलियो उम्मेदवारी

ecopolinews.com

नेपाली कांग्रेसको राजनीतिमा करिब दुई दशकदेखि निरन्तर सक्रिय रहँदै आएका युवा नेता पोषकुमार बास्तोला (पुष्कर) ले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। लामो समयदेखि विद्यार्थी तथा युवा राजनीतिमा होमिएका बास्तोलाको उम्मेदवारीसँगै सोलुखुम्बु कांग्रेसमा नयाँ उत्साह र तरंग पैदा भएको छ।

२० वर्षको अनवरत संघर्ष र सांगठनिक अनुभव

काठमाडौंको रणनीतिक महत्त्व बोकेको आरआर क्याम्पसको सभापतिको सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका बास्तोला संगठन निर्माणमा अब्बल मानिन्छन्। नेपाली कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि हुँदै नेपाल तरुण दलको केन्द्रीय सदस्यसमेत रहिसकेका उनले पार्टीको दोस्रो ऐतिहासिक विशेष महाधिवेशनमा युवा तथा स्वयंसेवक परिचालन समितिको सदस्य–सचिवको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। करिब २० वर्षको अनवरत राजनीतिक, सांगठनिक र जुझारु अनुभव नै उनको उम्मेदवारीको सबैभन्दा बलियो आधार हो।

भिजन र अठोट: 'युवा नेतृत्वबाटै कांग्रेसको पुनर्ताजगी'

पार्टीभित्र र समग्र देशको विकासका निम्ति अब निर्णायक तहमा युवा नेतृत्व आउनु अपरिहार्य रहेको बास्तोलाको स्पष्ट मान्यता छ। नेपाली कांग्रेसलाई परम्परागत शैलीबाट माथि उठाई एक्काइसौँ शताब्दीको प्रविधिमैत्री, जनमुखी र वैचारिक रूपमा स्पष्ट पार्टी बनाउने उनको सुदृढ भिजन छ।

उनको मुख्य एजेन्डा भनेकै कांग्रेसको गौरवमय इतिहासलाई सम्मान गर्दै अबको भविष्य सुनिश्चित गर्न युवाहरूको हस्तक्षेपकारी भूमिका स्थापित गर्नु हो। देश विकासको खाका कोर्न र आम नागरिकमा गुमेको राजनीतिक भरोसा फर्काउन ऊर्जाशील युवा पुस्ता अगाडि सर्नैपर्ने उनको दाबी छ।

बलियो कांग्रेस निर्माणको मार्गचित्र

नेपाली कांग्रेसलाई कसरी अझ शक्तिशाली रूपमा अगाडि बढाउने भन्ने सन्दर्भमा बास्तोलाले स्पष्ट वैचारिक खाका अघि सारेका छन्। पार्टीलाई गुटगत स्वार्थभन्दा माथि उठाएर नीति र विचारको राजनीतिलाई प्रश्रय दिनुपर्ने उनको संकल्प छ। युवा पुस्ताको जोस र अग्रजहरूको होसलाई फ्युजन गर्दै, तल्लो तहका कार्यकर्ताको भावनालाई केन्द्रमा राखेर कांग्रेसलाई देशकै सबैभन्दा भरोसायोग्य शक्ति बनाउने उनको अठोट छ।

विद्यार्थी राजनीतिदेखि तरुण दल र माउ पार्टीको संगठनमा विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका बास्तोलाको उम्मेदवारीलाई सोलुखुम्बु कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले विशेष चासो र महत्त्वका साथ हेरेका छन्। स्पष्ट भिजन, ऊर्जाशील व्यक्तित्व र काम गरेर देखाउने हुटहुटीका कारण आसन्न महाधिवेशनमा उनी एक सशक्त प्रतिनिधिको रूपमा अगाडि बढ्ने विश्वास लिइएको छ।


प्रतिक्रिया