शान्तिपूर्ण आन्दोलनमाथि दमन ? जेनजी आन्दोलन किन फेरि सशक्त बन्दैछ !

ecopolinews.com

काठमाडौं, ७ पुस । संयुक्त जेनजी आन्दोलनले आज आयोजित प्रदर्शनका क्रममा प्रहरीद्वारा दमन गरिएको आरोप लगाउँदै कडा आपत्ति र घोर भर्त्सना गरेको छ। आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित पारेर बल प्रयोग गरिएको दाबी गरेका हुन्।

विज्ञप्तिमा आन्दोलन सधैं वार्ता र संवादको माध्यमबाट आफ्ना जायज माग समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख छ। सरकार तथा सम्बन्धित सबै पक्षसँग संवादको ढोका खुला राखिएको भए पनि मागहरू सम्बोधन नहुँदासम्म आन्दोलन अझ संगठित, अनुशासित र प्रभावकारी रूपमा अघि बढ्ने चेतावनी दिइएको छ।

संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिए त्यसबाट उत्पन्न हुने कुनै पनि किसिमको क्षतिको सम्पूर्ण जिम्मेवारी सुशीला कार्की नेतृत्वको सरकारले लिनुपर्ने स्पष्ट पारेको छ। दमन र धम्कीबाट आन्दोलन विचलित नहुने जनाउँदै भोलि बिहान ११ बजे आन्दोलनलाई थप एकताबद्ध र सशक्त बनाइने जानकारी पनि दिइएको छ।

ढुंगाना र सिंहले सबै जेनजी सदस्य, नागरिक समाज, विद्यार्थी, श्रमिक, बुद्धिजीवी तथा न्यायप्रेमी नागरिकलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। न्याय, समानता र उत्तरदायी शासनको स्थापनाका लागि संघर्ष निरन्तर जारी रहने उनीहरूको प्रतिबद्धता विज्ञप्तिमा दोहोर्‍याइएको छ।

विज्ञप्ति सहित


प्रतिक्रिया