काठमाडौं प्रहरीको नेतृत्वमा स्वच्छ छवि बोकेका एसएसपी रमेश थापा : जनमुखी सुरक्षाको आशा

ecopolinews.com

काठमाडौं । राजधानीको कानून–व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी अब स्वच्छ छवि र जनमुखी नेतृत्वका पर्याय बनेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले सम्हाल्ने भएका छन्।

गृहमन्त्रालयले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व परिवर्तन गर्दै हालसम्म कमाण्डमा रहेका एसएसपी विश्व अधिकारीलाई हटाई प्रहरी प्रधान कार्यालय तानेको हो। उनको स्थानमा एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको छ।

थापाले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड सम्हाल्दा अनुशासन, इमानदारी र जनताप्रति उत्तरदायी प्रहरी प्रशासनको राम्रो उदाहरण प्रस्तुत गरेका थिए। संगठनभित्र र बाहिर दुवै स्थानमा स्वच्छ छविका अधिकृत मानिने थापा राजधानीमा आएको नेतृत्वलाई ‘सकारात्मक ऊर्जा’को रूपमा लिइएको छ।

गत भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा भएको व्यापक धरपकडका कारण तत्कालीन कमाण्डर अधिकारी आलोचनाको केन्द्रमा परेका थिए। सो घटनापछि बुधबार ठूलो संख्यामा एसपी र डीएसपी सरुवा भएपछि बिहीबार फेरि काठमाडौं प्रहरी परिसरमा नेतृत्व परिवर्तन भएको हो।

राजधानीमा सार्वजनिक सुरक्षा र शान्ति–व्यवस्था सुनिश्चित गर्न अब एसएसपी थापाको रणनीतिक नेतृत्व, पारदर्शी नीति र जनमुखी शैलीबाट नयाँ विश्वास जाग्ने प्रहरी अधिकारीहरूले आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया