राष्ट्रपतिबाट पहिलो अध्यादेश जारी, निर्वाचन प्रक्रियामा नयाँ ढोका खुल्यो

ecopolinews.com

 काठमाण्डौ - अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिले बुधबार मतदाता नामावली ऐन २०७३ संशोधनसम्बन्धी अध्यादेश जारी गर्दै निर्वाचन आयोगलाई फागुन २१ गते तोकिएको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको घोषणा गरेका हुन्।

संसद् नभएको परिस्थितिमा सरकारलाई अध्यादेशमार्फत् मात्र नीति–निर्णय गर्न सक्ने बाध्यता छ। यही कारण अन्तरिम सरकारले आफ्नो पहिलो औपचारिक कदमका रूपमा यस अध्यादेशलाई अघि सारेको हो।

यो निर्णयले अन्तरिम सरकारको कार्यशैली र आगामी निर्वाचन तयारीमा नयाँ ऊर्जा थपेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया