गोल्छा ग्रुपले ट्राफिक प्रहरीलाई २० मोटरसाइकल सहयोग, सामाजिक उत्तरदायित्वमा नयाँ उदाहरण

ecopolinews.com

काठमाडौं । गोल्छा ग्रुपले ट्राफिक व्यवस्थापन सुदृढीकरणका लागि ट्राफिक प्रहरी कार्यालयलाई २० वटा मोटरसाइकल सहयोग गरेको छ।

भदौ २४ को आन्दोलनका क्रममा ट्राफिक प्रहरीले प्रयोग गर्दै आएको सवारी साधनमा क्षति पुगेपछि सहयोगस्वरूप मोटरसाइकल हस्तान्तरण गरिएको हो। एक विशेष समारोहबीच गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले मोटरसाइकल हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्वप्रति गोल्छा अर्गनाइजेशन सधैं सजग रहेको बताउनुभयो।

यस सहयोगले राजधानीको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया