जेन–जीको एकता तोड्ने नेताहरू सावधान रहुन् : सुदन गुरुङको कडा चेतावनी

ecopolinews.com

६ कात्तिक, काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले पुराना राजनीतिक दलहरू — नेपाली कांग्रेस र नेकपा एमाले — लाई जेन–जी आन्दोलनको एकता भङ्ग गर्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन्।

माइतीघर मण्डलमा जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै गुरुङले भने,

 “जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो, तर हामीले त्यो खेल बुझेका छौं। अब यस्तो भ्रममा नपरोस्, हाम्रो एकता भाँड्न सकिँदैन।”

उनका अनुसार, केही नेताहरूले जेन–जी आन्दोलनका अगुवाहरूबीच “राम्रो–नराम्रो”को विभाजन सिर्जना गरेर आन्दोलनको जोश घटाउने प्रयास गरिरहेका छन्। उनले ती नेताहरूलाई जनताले पहिले नै चिनिसकेको दाबी गर्दै भने,

 “देश बिगार्ने नेताहरू नै खराब हुन्, जेन–जी होइनन्। अब नागरिकले आफ्नो सोच परिवर्तन गर्नुपर्छ।”

गुरुङले सबै नेपालीहरूलाई एउटै राष्ट्रिय झण्डा मुनि एकजुट भएर देश विकासतर्फ अघि बढ्न आह्वान गरे। उनले थपे,

 “अब हामीले हरेक पाइला सावधानीपूर्वक चालिरहेका छौं। हामीलाई छुट्याउन खोज्नेहरूले पहिले नेपाली जनतालाई नै छुट्याउनुपर्ने हुन्छ — तर त्यो तागत उनीहरूसँग छैन।”

गुरुङको यो चेतावनीले पुराना दलहरूबीच नयाँ पुस्ताको एकता र प्रभावप्रतिको बेचैनी झल्काएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया