Gen Z आन्दोलनले राजनीतिक चहलपहल बढायो, प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाडौं, २३ भदौ । काठमाडौंमा जेन–जी पुस्ताले आज व्यापक प्रदर्शन गरेपछि मुलुकको राजनीतिक वातावरण चर्किएको छ। आन्दोलनकारीहरूले भ्रष्टाचार, बेथिति र अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशको विरोधमा सडक तताउँदा सुरक्षा निकाय र सरकारले थप कडा कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको छ।


यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आकस्मिक रुपमा बालुवाटारमा साँझ ६ बजे बोलाएका छन्। सामान्यतया सोमबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने चलन भए पनि, आजको आकस्मिक बैठकमा प्रदर्शनको कारण उत्पन्न परिस्थितिबारे गम्भीर छलफल हुने स्रोतहरूले जनाएका छन्।

आज दिनभर काठमाडौंका विभिन्न क्षेत्रमा जेन–जी आन्दोलनकारीहरूले नाराबाजी, र्‍याली र सडक अवरुद्ध गर्दै सरकारप्रति असन्तोष प्रकट गरेका थिए। प्रहरीसँग झडपका घटना भएका छन् भने केही क्षेत्रमा कर्फ्यूको प्रभाव कमजोर देखिएको खबर आएको छ।

बैठकमा शान्ति सुरक्षा व्यवस्थापन, आन्दोलनलाई सम्बोधन गर्ने रणनीति र सम्भावित राजनीतिक निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया