पार्टीमा आबद्ध हुने चर्चा असत्य र भ्रमपूर्ण छ— मन्त्री कुलमान घिसिङ

ecopolinews.com

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट पार्दै, हाल सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा प्रसारित समाचारहरू पूर्ण रूपमा आधारहीन रहेको बताएका छन्।

हाल घिसिङलाई ‘उज्यालो नेपाल पार्टी’ सँग जोड्दै पार्टीको अध्यक्ष बनाइने तयारी भइरहेको भन्ने हल्ला चलेको थियो। सो विषयमा प्रतिक्रिया जनाउँदै उनले भने —

 “सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागिता पनि छैन।”

मन्त्री घिसिङले आफूसँग कुनै सल्लाह वा अनुमति बिना आफ्नो नाम प्रयोग गरिएकोमा आपत्ति जनाउँदै यसलाई दुषित मनसायका साथ गरिएको प्रचार भनेका छन्।

उनले थप भने —

“मसँग कुनै छलफल र सल्लाह नै नगरी असत्य तथा तथ्यहीन सामग्री प्रचार गरिएको हुँदा म यसको कडा खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।”

घिसिङले आफू ऊर्जा क्षेत्र सुधार र सेवा प्रवाह सुधारमा केन्द्रित रहेको बताउँदै राजनीतिक अफवाहमा विश्वास नगर्न आम नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया