काठमाडौंमा जेन-जी आन्दोलन रगताम्य: मृतक संख्या ९ पुग्यो, राजधानी आत्तिएको माहोल

ecopolinews.com

काठमाडौं, २३ भदौ ।

राजधानी काठमाडौंमा जेनजी पुस्ताले चलाएको आन्दोलन थप उग्र बन्दै गएको छ। प्रहरीसँगको झडप, गोली प्रहार र अराजक स्थितिका बीच अहिले सम्म ९ जनाले ज्यान गुमाइसकेका छन्।

इकोपोलि न्युज लाई प्राप्त पछिल्लो विवरणअनुसार दिउँसो साढे ३ बजेसम्म ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा १ जना, केएमसी अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ।

मृत्यु संख्या बढ्दै जाँदा राजधानीमा त्रास छाएको छ। कर्फ्यु जारी गरिएको भएपनि प्रदर्शन अझै थामिएको छैन। विभिन्न ठाउँमा प्रहरी–प्रदर्शनकारीबीच निरन्तर धक्का–मुक्की भइरहेको छ।

उपत्यकाका अस्पतालहरूमा घाइतेले शैय्या नपाउने अवस्था छ, चिकित्सकहरूले आवश्यक आपूर्ति र जनशक्ति अभाव भइरहेको बताएका छन्। राजधानी एक किसिमले बन्द जस्तै भएको छ भने सर्वसाधारण घरमै थुनिन बाध्य भएका छन्।

 यो आन्दोलन कहाँ पुग्छ, अझ कति बलिदान दिनुपर्छ भन्ने प्रश्नले सम्पूर्ण देशलाई अत्तालाइरहेको छ।

प्रतिक्रिया