भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश : नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई ऐतिहासिक सम्मान

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै ऐतिहासिक क्षणलाई विशेष महत्व दिएका छन्। अन्तरिम सरकारको नेतृत्व लिन सफल भएकी कार्कीलाई मोदीले ट्विटरमार्फत मात्र होइन, राजनैतिक सन्देशमार्फत पनि महिला सशक्तीकरण र लोकतान्त्रिक मूल्यमान्यताको प्रतीकका रूपमा सम्बोधन गरेका छन्।

मोदीले भनेका छन् – “नेपालले आज इतिहास रचेको छ। पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार स्थापनाले दक्षिण एशियामा महिला नेतृत्वको सम्भावनालाई अझ प्रष्ट पारिदिएको छ। भारत नेपालको स्थिरता, प्रजातन्त्र र समृद्धिको यात्रामा सधैं साथमा रहनेछ।”

यो बधाई सन्देश केवल औपचारिक राजनैतिक प्रतिक्रिया मात्र नभई नेपाल–भारत सम्बन्धलाई नयाँ ऊर्जा दिने संकेतका रूपमा पनि हेरिएको छ। नेपालमा जेन जेड आन्दोलनको दबाब र जनताको बलिदानपछि जन्मिएको अन्तरिम सरकारलाई मोदीले स्पष्ट समर्थन गरेको देखिन्छ।

कार्कीको नेतृत्वलाई भारतले दिएको यो समर्थनले नेपालको आन्तरिक राजनीतिक स्थायित्व र क्षेत्रीय कूटनीतिक सम्बन्धमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ। नेपाली जनताले लामो संघर्षपछि पहिलो महिला प्रधानमन्त्री देख्न पाएका दिनमा भारतको उच्चस्तरीय बधाईले यस क्षणलाई अन्तर्राष्ट्रिय स्तरमै ऐतिहासिक बनाइदिएको छ।

प्रतिक्रिया