"के ६ लाखभन्दा धेरै नयाँ मतदाताले यसपालि चुनावको तस्वीर बदलिदिन्छन्?"

ecopolinews.com

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मतदाता नामावली अद्यावधिकमा अनपेक्षित उत्साह देखिएको छ। देशभरका विभिन्न जिल्ला निर्वाचन कार्यालयमा पुगेका नागरिकहरू र राष्ट्रिय परिचयपत्रमार्फत समावेश भएका विवरण जोड्दा करिब ६ लाख २० हजार नयाँ मतदाता सूचीकृत भइसकेका छन्।

निर्वाचन तयारीको जिम्मेवारी सम्हालिरहेको आयोगले सोमबार रातिसम्म संकलित विवरण अनुसार ३ लाखभन्दा बढी व्यक्तिले कार्यालयमै गएर फोटोसमेत खिचाएर आफ्नो नाम दर्ता गराएका छन्। उता, राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक डाटाबाट पनि थप तीन लाखभन्दा बढी नागरिक स्वतः मतदाता सूचीमा समावेश भएका छन्—जसले यसपटकको चुनावमा सहभागी हुने जनसंख्यामा उल्लेखनीय वृद्धि हुने संकेत दिइरहेका छन्।

नाम अद्यावधिकका लागि राखिएको समय मंसिर ५ गतेसम्म थपिएको छ, जसले अझ धेरै नयाँ मतदातालाई सूचीमा आउन मौका दिनेछ। फागुन २१ गते हुने निर्वाचनमा १८ वर्ष पूरा गरेका सबै नागरिक उम्मुख छन्, र यसपटक पहिलोपटक मतदाता बनेका युवाहरू नै ठूलो संख्यामा देखिन थालेका छन्।

प्रतिक्रिया