कांग्रेस महामन्त्री प्रदीप पौडेलको आग्रह: ‘अदालततिर होइन, महाधिवेशनतिर लागौँ’

ecopolinews.com

नरेन्द्र शाही - दाङ: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका असन्तुष्ट पक्षलाई आन्तरिक विवाद सुल्झाउन अदालत वा मुद्दामामिलाको बाटो रोज्नुभन्दा महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गर्नुभएको छ। आइतबार निर्वाचन समीक्षाका क्रममा दाङ पुग्नुभएका महामन्त्री पौडेलले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा सबै विवादको समाधान महाधिवेशनबाटै खोज्नुपर्नेमा जोड दिनुभयो।

विशेषगरी पूर्व संस्थापन पक्षधर नेताहरूलाई लक्षित गर्दै उहाँले भन्नुभयो, "यो समय मुद्दा मामिलाको होइन, महाधिवेशनको हो। महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया अघि बढिसकेकाले यसैमा सहभागी भएर आफ्ना विषय राख्नुमै सबैको हित छ।" उहाँले महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र गति दिने विश्वास व्यक्त गर्दै असन्तुष्टिका स्वरहरूलाई महाधिवेशनकै मञ्चमा छलफलमा ल्याउन आह्वान गर्नुभयो। पौडेलले महाधिवेशनले नै सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने दाबी समेत गर्नुभयो।

प्रतिक्रिया