काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन (२०८४) मा एमालेलाई एकल बहुमत ल्याउन कुनै शक्ति सक्षम नहुने दाबी गरेका छन् ।
शुक्रबार सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले सत्तामा रहेर पनि निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने स्पष्ट संकेत दिएका छन् ।
उनले भने, “हामी सरकारमा छौं, अब कोही पनि धाँधली गर्न सक्दैन, हुन दिँदैनौं, रोक्छौं।”
ओलीले आगामी निर्वाचन एमालेकै पक्षमा निर्णायक बन्ने विश्वास व्यक्त गर्दै जनतामाझ सक्रियतापूर्वक पुग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले संगठनलाई अझ मजबुत र गतिशील बनाए एमालेले सहजै बहुमत ल्याउने भन्दै पार्टीभित्र एकता, अनुशासन र निरन्तर जनसम्पर्कलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
ओलीको सम्बोधनले महाधिवेशनमा उपस्थित कार्यकर्ता र समर्थकहरूमा उत्साह थपिएको बताइएको छ ।