मस्र्याङ्दी जलाशयमा मोटरबोट सेवा पुनः संचालन, विष्णु बहादुर ढकालको पर्यटन क्षेत्रमा अग्रणी योगदान

ecopolinews.com


तनहुँ, ११ असोज – लम्जुङ्गको राइनास शाहिलिटारमा जन्मिएका बोटे बोरा प्रा.लीका अध्यक्ष विष्णु बहादुर ढकालको दूरदर्शी नेतृत्वमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि पुनः मोटरबोट सेवा सञ्चालनमा आएको छ। साउन र भदौ दुई महिनासम्म प्राविधिक कारणले रोकिएको यो सेवा दसैंको अवसरमा नियमित सञ्चालनमा ल्याइएको हो। ढकालको पहलले केवल मनोरञ्जनको साधन मात्र नभई स्थानीय रोजगारी, आम्दानी र पर्यटन प्रवद्र्धनको नयाँ स्रोत सिर्जना गरेको छ।

बोटे बोरा प्रा.लीका स्टेशन म्यानेजर विकास बस्नेतका अनुसार मस्र्याङ्दीमा पानीको बहाव बढ्दा ड्याम खोलिनुले अस्थायी रूपमा रोकिएको सेवा अब निरन्तर सञ्चालनमा ल्याइनेछ। मोटरबोटमार्फत दुईतर्फ गरी तीन किलोमिटर दूरीमा यात्रा गर्न सकिन्छ। लामो दूरीको टिकट ५०० रुपैयाँ र छोटो दूरीको २५० रुपैयाँ निर्धारण गरिएको छ। दुई वटा बोटमा एक पटकमा १८ जना पर्यटक सवार हुन सक्नेछन् र यात्राको सुरक्षाका लागि पर्याप्त जनशक्ति परिचालन गरिएको छ।

बोटे बोरा प्रा.ली तनहुँसँगै रुकुमको स्याप्रु ताल, चितवनको नारायणी, नेपालगञ्जको वाटरपार्क, सुर्खेतको बुलबुले ताल र सर्लाहीको भरत तालमा मोटरबोट सञ्चालन गर्दै आएको छ। यसले मात्र आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको छैन, स्थानीय व्यवसाय र अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्‍याएको छ। जलाशय नजिक रहेको अलकादेवी मन्दिरले धार्मिक पर्यटनलाई पनि प्रोत्साहित गर्ने भएकाले, मोटरबोट सेवा यस क्षेत्रलाई बहुआयामिक पर्यटन गन्तव्यको रूपमा विकास गर्ने विश्वास गरिएको छ।


नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामक दुई मोटरबोटले सेवा सञ्चालनमा छन्। गाउँपालिकाले मोटरबोट सञ्चालनको लागि बोटे बोरा प्रा.लीसँग सम्झौता गरी दुई वर्षअघि सञ्चालन सुरु गरेको थियो र कम्पनीले गाउँपालिका कार्यालयलाई बार्षिक १० लाख रुपैयाँ बुझाउने व्यवस्था मिलाएको छ।


विष्णु बहादुर ढकालले पोखरामा सञ्चालन गरेको Hot Air Balloon र Walkie Talkie Nepal जस्ता परियोजनाले देशको पर्यटन अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको छ। उनका पहलहरूले केवल व्यवसाय सञ्चालनमा सीमित नभई नेपालको प्राकृतिक स्रोत, धार्मिक स्थल र जलाशयलाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा प्रस्तुत गर्न योगदान पुर्‍याएको छ।


ढकालको नेतृत्वमा सञ्चालन भएको मोटरबोट सेवा पर्यटकका लागि पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा नयाँ आकर्षणको केन्द्र बन्ने मात्र नभई स्थानीय समुदायको जीवनस्तर सुधार्ने र नेपालको पर्यटन क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ। अध्यक्ष ढकालको दूरदर्शी योजना र सक्रिय पहलले देशको पर्यटन, सञ्चार र अर्थतन्त्रमा योगदान पुर्याउँदै नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

प्रतिक्रिया