पूर्वी रुकुमबाट प्रचण्डको उम्मेदवारी दर्ता, बाजागाजासहित भव्य स्वागत

ecopolinews.com

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी रुकुमबाट उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्ताका लागि पूर्वी रुकुम पुगेका प्रचण्डलाई पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूले बाजागाजा, झाँकी र नारासहित भव्य स्वागत गरेका थिए। स्थानीय तहदेखि केन्द्रसम्मका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थितिले उम्मेदवारी दर्ताको कार्यक्रम उत्सवमय बनेको थियो।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (माघ ६ गते) निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेको छ। सोही तालिकाअनुसार प्रचण्डले निर्वाचन प्रक्रियामा औपचारिक सहभागिता जनाउँदै उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तासँगै पूर्वी रुकुममा नेकपाको चुनावी गतिविधि थप सक्रिय भएको छ भने स्थानीय स्तरमा चुनावी माहोल तातेको देखिएको छ।

प्रतिक्रिया