रविन्द्र कट्टेल- काठमाडौं, २४ भदौ २०८२।
हालैको आन्दोलनका क्रममा भएको आगजनीका कारण लक्ष्मी सनराइज बैंक लिमिटेडको महाराजगञ्ज, चक्रपथस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरमा रहेको शाखा पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। उक्त शाखा तत्काल सञ्चालन गर्न नसक्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि त्यहाँबाट हुने बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ।
ग्राहक सेवाप्रति सधैं जिम्मेवार र संवेदनशील रहँदै आएको लक्ष्मी सनराइज बैंक, "सदैव जनताको साथी" भन्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै, उक्त शाखाबाट सेवा लिइरहेका ग्राहकलाई नजिकैका अन्य शाखाबाट सहजै सेवा लिन सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ।
बैंकका प्रवक्ताका अनुसार, “हाम्रो सेवामा कुनै अवरोध नहोस् भन्ने हाम्रो प्राथमिकता हो। ग्राहक महानुभावहरुले जुनसुकै शाखाबाट पनि सहजै आफ्नो आवश्यकता अनुसारको सेवा पाउनुहुनेछ,” भन्ने स्पष्ट सन्देश दिइएको छ।
लक्ष्मी सनराइज बैंकले सुरुवातदेखि नै जनताको विश्वास, सुरक्षामूलक सेवा र सहज पहुँचलाई आफ्नो पहिचान बनाएको छ। चुनौतीपूर्ण परिस्थिति आइपरे पनि बैंकले जनताको सेवामा निरन्तर खडा रहने प्रतिबद्धता दोहोर्याएको छ।