उर्जामन्त्री घिसिङको प्रष्टिकरण : उज्यालो नेपाल पार्टीसँग कुनै सरोकार छैन

ecopolinews.com

काठमाडौं, असोज १७ । उर्जामन्त्री कुलमान घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीसँग जोडेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले सो पार्टीसँग कुनै पनि किसिमको आवद्धता नरहेको स्पष्ट पार्दै, प्रचार गरिएकोजस्तो जुम बैठकमा समेत सहभागी नहुने दाबी गरेका छन्।

फेसबुकमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै मन्त्री घिसिङले लेखेका छन्–

“उज्यालो नेपाल पार्टी र त्यसका अध्यक्षको हवाला दिँदै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा प्रकाशित सूचना तथा समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो पार्टीसँग मेरो कुनै छलफल वा सहमति भएको छैन। प्रचार गरिएजस्तो जुम बैठकमा समेत मेरो सहभागिता नरहेको स्पष्ट पार्दछु।”

उनले बिना कुनै छलफल वा सल्लाह असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको आरोप लगाउँदै त्यसलाई दुषित मनशायका साथ गरिएको गतिविधि भएको उल्लेख गरेका छन्।

मन्त्री घिसिङले सबैलाई भ्रममा नपर्न आग्रह गर्दै आगामी दिनमा आधारहीन समाचार सम्प्रेषण नगर्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया