कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा शव फेला, मृतक संख्या ७४ पुग्यो

ecopolinews.com

१ असोज, काठमाडौं । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट परिसरमा जलेको अवस्थामा एक शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुधबार फेला परेको शव पूर्णरूपमा जलेको कारण पहिचान खुल्न सकेको छैन।

यस घटनासँगै हालसम्म जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको प्रहरीको भनाइ छ। यसअघि ७३ जनाको मृत्यु भएको तथ्यांक रहेको थियो।

यसअघि पनि चुच्चेपाटीस्थित भाटभटेनी परिसरबाट डढेको अवस्थामा ७ वटा शव बरामद भएका थिए। ती शव अस्थिपञ्जरको स्वरूपमा भेटिएका कारण अझैसम्म पहिचान हुन नसकेको र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया