जेन-जी आन्दोलनका शहीदलाई आज विदाई : १० जनाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

ecopolinews.com
काठमाडौं । लोकतन्त्रको नयाँ अध्याय लेखिएको जेन-जी आन्दोलनमा शहीद भएका थप १० जनालाई आज आँखा भरि आँशु र मुठ्ठी कसीएको श्रद्धाञ्जलीका बीच राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।

त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० शहीदको शवलाई बिहानै शवगाडीमा राखी नगर परिक्रमा गराइने परिवारजनले तयारी गरेका छन्। त्यसपछि राष्ट्र र जनताका सामु उनीहरूको अन्तिम संस्कार गरिनेछ।

यसअघि नै प्राण गुमाएका केही शहीदको दाहसंस्कार भइसकेको भए पनि आजको अन्त्येष्टि विशेष हुनेछ, किनकि यसमा शहीदहरूको बलिदानलाई राष्ट्रिय स्मरणको स्वरूप दिन लागिएको छ।

सरकारले शहीद परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्त्येष्टि तथा अन्य खर्चका लागि गरी कुल १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले सो रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत हस्तान्तरण गरिने जनाएको छ।

जेन-जी आन्दोलनमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन्। ती सबै बलिदानहरूलाई राष्ट्रले लोकतन्त्र र परिवर्तनको मार्गमा अमर योगदानका रूपमा स्मरण गरिरहेको छ।

प्रतिक्रिया