लमजुङका युवाको ढुकढुकी सुरज गुरुङ: कांग्रेसको १५औँ महाधिवेशनमा जनजातितर्फ बलिया प्रतिनिधि उम्मेदवार

ecopolinews.com

रविन्द्र कट्टेल- लम्जुङ्ग - नेपाली कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशनको सरगर्मी बढ्दै गर्दा लमजुङ जिल्लामा युवा नेतृत्वको पक्षमा बलियो जनलहर देखिएको छ। यसै सन्दर्भमा, लमजुङका समग्र युवाहरूको ढुकढुकीका रूपमा परिचित युवा नेता सुरज गुरुङले नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि (जनजाति तर्फ) को उम्मेदवारी घोषणा गर्नुभएको छ। लमजुङको दुधपोखरी-५ बाट प्रतिनिधित्व गर्ने उहाँको उम्मेदवारीले अहिले जिल्लाको समग्र कांग्रेस वृत्तमा नयाँ ऊर्जा र उत्साहको सञ्चार गरेको छ।  

सुरज गुरुङ केवल एक उम्मेदवार मात्र नभई लमजुङका जनताले प्रत्यक्ष रूपमा कामको मूल्यांकन गरिसकेका एक सफल निवर्तमान जनप्रतिनिधि पनि हुनुहुन्छ। यसअघि दुधपोखरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षका रूपमा सेवा गरिसक्नुभएका उहाँले आफ्नो कार्यकालमा देखाएको विकासप्रतिको हुटहुटी, सुशासन र जनताप्रतिको अगाध समर्पण नै उहाँको जितको सबैभन्दा बलियो आधार हो। स्थानीय स्तरमा रहेर जनताका सुखदुःखमा प्रत्यक्ष रूपमा जोडिएका कारण उहाँ भुइँतहका नागरिक र पार्टी कार्यकर्ताका बीचमा निकै लोकप्रिय हुनुहुन्छ। युवा अवस्थामा नै उहाँले प्रदर्शन गरेको परिपक्व राजनीतिक सुझबुझ र नेतृत्वदायी क्षमताले गर्दा नै आज उहाँ समग्र लमजुङका युवाहरूको भरोसा र आकर्षणको केन्द्र बन्न सफल हुनुभएको छ।

उहाँको चुनावी एजेन्डा र वैचारिक स्पष्टताले आम कांग्रेसीजनको ध्यान तानेको छ। उहाँले 'परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प' भन्ने अत्यन्तै सान्दर्भिक र शक्तिशाली मूल नारालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्नुभएको छ। यसले एकातिर कांग्रेसका अग्रज नेताहरू र पार्टीको गौरवशाली इतिहासप्रतिको उहाँको सम्मानलाई झल्काउँछ भने अर्कोतिर समयसापेक्ष पार्टी रूपान्तरण र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने उहाँको दृढ संकल्पलाई प्रमाणित गर्दछ। पार्टीको मूल आदर्श 'राष्ट्रियता, लोकतन्त्र, समाजवाद' लाई पूर्ण रूपमा आत्मसाथ गर्दै अगाडि बढ्नुभएका गुरुङले कांग्रेसलाई अझै सुदृढ र जनमुखी बनाउने स्पष्ट भिजन प्रस्तुत गर्नुभएको छ। गौरव, गति र गन्तव्यलाई मध्यनजर गर्दै उहाँले पार्टी निर्माणको दिशामा आफ्नो बलियो पाइला अघि बढाउनुभएको छ।  

परम्परागत राजनीतिक शैलीलाई चिर्दै नविनतम् सोचका साथ अघि बढ्नुभएका सुरज गुरुङको पक्षमा लमजुङका चोक, चियापसलदेखि गाउँबस्तीसम्म अहिले एउटै आवाज गुञ्जिरहेको छ। उहाँको उम्मेदवारीले युवा पुस्तालाई राजनीतिमा सक्रिय रूपमा लाग्न थप प्रेरित गरेको छ। हिजो जनप्रतिनिधिका रूपमा सफलतापूर्वक वडाको नेतृत्व सम्हाल्नुभएका गुरुङले अब महाधिवेशन प्रतिनिधिको रूपमा नीति निर्माणको तहमा लमजुङका नागरिक र जनजाति समुदायको सशक्त आवाज उठाउने विश्वास आम मतदाताले लिएका छन्। उहाँले आफ्नो सम्पर्क नम्बर ९८५६०४६३७१ मार्फत निरन्तर कार्यकर्ता र शुभेच्छुकहरूसँग संवाद र अन्तर्क्रियासमेत गरिरहनुभएको छ। बलियो जनआधार, स्पष्ट र युग सुहाउँदो एजेन्डा, युवाहरूको अपार समर्थन र अग्रजहरूको आशीर्वाद नै सुरज गुरुङको महाधिवेशन प्रतिनिधि पदमा जित सुनिश्चित गर्ने सबैभन्दा शक्तिशाली आधारहरू हुन्।  


प्रतिक्रिया