दुर्गा प्रसाई भोलि काठमाडौं आउने, पशुपतिनाथको दर्शनपछि राजनीतिक सन्देश दिने तयारी

ecopolinews.com

काठमाडौं । नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक दुर्गा प्रसाई भोलि (आइतबार) काठमाडौं आउने भएका छन्। उनी दिउँसो ठिक १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल हुँदै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

विमानस्थल आगमनपछि प्रसाईले श्री पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्ने र त्यसपछि समसामयिक राजनीतिक परिस्थितिबारे पत्रकार तथा उपस्थित अभियन्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेका छन्।

नागरिक बचाउ महाअभियान नेपालले एक विज्ञप्ति जारी गर्दै सबै पत्रकारहरूलाई उक्त कार्यक्रममा उपस्थित भई समाचार संकलन गर्न आग्रह गरेको छ। साथै, अभियानमा संलग्न अभियन्ता तथा समर्थकहरूलाई विमानस्थलमा उपस्थित भई केन्द्रीय संयोजक प्रसाईलाई स्वागत गर्न अनुरोध गरिएको छ।

कार्यक्रम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आयोजनामा हुनेछ।

📅 मिति: २०८२ असोज २७ गते, आइतबार

🕐 समय: दिउँसो १ बजे

📍 स्थान: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक टर्मिनल तर्फ

प्रतिक्रिया