बानेश्वरमा भएको आन्दोलनमा अत्यधिक हिंसा, २२ जनाको अवस्था गम्भीर, ६ जनाको शल्यक्रिया आवश्यक

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाडौँ — काठमाडौँमा जेनजी पुस्ताको प्रदर्शन क्रममा भएको हिंसात्मक घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। बानेश्वरमा भएको आन्दोलनमा परी प्रर्दशनकारीहरू मारिएका र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिएका छन्।

उनका अनुसार, हालसम्म २५६ जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर छ।

अस्पताल अनुसार सिभिल सर्भिस अस्पतालमा १०० जना घाइतेमध्ये तीनको मृत्यु भएको छ, र १५ जनालाई वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ४९ घाइतेको उपचार भइरहेको छ भने आठ जनाको मृत्यु भएको छ। एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् र तीनको मृत्यु भएको छ।

काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३२ जना घाइते छन्, दुईको मृत्यु भइसकेको छ र ६ जनाको शल्यक्रिया आवश्यक छ। टिचिङ शिक्षण अस्पतालमा १८ जना घाइते छन् भने एक जनाको मृत्यु भएको छ। नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा तीन जना घाइते छन्।

यस्तै, गण्डकी मेडिकल कलेजमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई र दमक अस्पतालमा सात जना घाइतेको उपचार भइरहेको छ।

प्रतिक्रिया