नयाँ मन्त्रीहरुको शपथ: कार्की मन्त्रिपरिषद् थप बलियो

ecopolinews.com
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चार जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

शपथ लिनेहरूमध्ये अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण जस्ता तीन शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदानप्रसाद परियारलाई कृषि तथा पशुपंक्षि विकास मन्त्रालय र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि नै प्रधानमन्त्री कार्कीले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जा मन्त्री र ओमप्रकाश अर्याललाई गृहमन्त्रीमा नियुक्त गरिसकेकी थिइन्।

शपथ समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो।

उता, स्वास्थ्य मन्त्रालयका लागि सिफारिसमा परेकी पूर्वकर्मचारी डा. संगीता कौशल मिश्राको नाम विवादका कारण अन्तिममा काटिएको छ।

प्रतिक्रिया