काठमाडौं, भदौ २२ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सिर्जना गरेको त्रासदी र त्यहाँका बासिन्दाले भोगेको अकल्पनीय पीडामा मलम लगाउँदै क्यासिनो माजोङले उच्च मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रस्तुत गरेको छ। बाढीका कारण घरबार, व्यवसाय र भौतिक संरचना गुमाएर बिचल्लीमा परेका नागरिकको तत्काल राहत र दिगो पुनःस्थापनाका लागि संस्थाले ५४ लाख २३ हजार रुपैयाँको महत्त्वपूर्ण आर्थिक सहयोग प्रदान गरेको छ।
यो सहयोग केवल एउटा संस्थाको मात्र नभई, सामूहिक मानवीय भावना र ऐक्यबद्धताको उत्कृष्ट नमुना हो। क्यासिनो माजोङ काठमाडौं, नेपालगञ्ज र वीरगञ्जका व्यवस्थापन पक्ष, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरू र 'वीर गोर्खा सेक्युरिटी सर्भिस'को संयुक्त र निस्वार्थ पहलमा यो राहत कोष जुटाइएको हो। यसरी सङ्कलित उक्त रकम क्यासिनो माजोङका अध्यक्ष विनोद श्रेष्ठले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खड्क राज पौडेलसमक्ष हस्तान्तरण गर्नुभएको हो।
प्राकृतिक विपद्ले ल्याएको यस महासङ्कटमा नागरिकको दैनिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन र उनीहरूको भत्किएको संरचनासँगै टुटेको मनोबल उकास्न यस सहयोगले ठूलो आडभरोसा प्रदान गर्नेछ। विपद्को समयमा सरकारको एक्लो प्रयासलाई सार्थक बनाउन निजी संस्था र नागरिकस्तरबाट भएको यो हातेमालोले प्रभावित परिवारको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
क्यासिनो माजोङको यो सह्रानीय कदमले बाढीपीडित परिवारलाई तत्कालीन राहतको सास मात्र दिएको छैन, विपद्का बेला सम्पूर्ण निजी तथा गैरसरकारी क्षेत्रलाई राष्ट्र र निमुखा नागरिकको पक्षमा एकढिक्का भएर उभिन सशक्त प्रेरणा समेत दिएको छ।