संवाददाता - रविन्द्र कट्टेल - लमजुङ-ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्भावनाले भरिपूर्ण लमजुङ जिल्ला आज निर्णायक मोडमा उभिएको छ। वर्षौंको राजनीतिक अस्थिरता, अधुरा पूर्वाधार, युवाको बढ्दो वैदेशिक पलायन र रोजगारीको अभावले जिल्लाको विकास अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। यिनै चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै लमजुङको समग्र विकासको बलियो आधार तयार गर्ने लक्ष्यसहित नेपाली काँग्रेस आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जनताको मत माग्दै मैदानमा उत्रिएको छ।
नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार गम प्रसाद गुरुङ लमजुङको विकास, सुशासन र जनउत्तरदायी नेतृत्वको प्रतीकका रूपमा उदाउँदै जानुभएको छ। इमानदार, पारदर्शी र स्वच्छ राजनीतिक छविका कारण उहाँ आम मतदातामाझ विश्वासयोग्य नेताका रूपमा स्थापित हुँदै हुनुहुन्छ। नयाँ पुस्ताको सशक्त प्रतिनिधि भएका गुरुङले युवाको भविष्य, किसानको सम्मान, श्रमिकको सुरक्षा र मध्यम वर्गको स्थायित्वलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आउनुभएको छ।
गुरुङको नेतृत्वमा नेपाली काँग्रेसले लमजुङको दीर्घकालीन विकास रणनीति स्पष्ट रूपमा अघि सारेको छ। जिल्लामा आधुनिक सडक सञ्जाल विस्तार, ग्रामीण बस्तीलाई केन्द्रसँग जोड्ने दिगो पूर्वाधार, कृषि उत्पादनको आधुनिकीकरण, किसानलाई बजार र प्रविधिसँग जोड्ने नीति, पर्यटन प्रवर्द्धनमार्फत रोजगारी सिर्जना तथा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि उहाँका प्रमुख प्रतिबद्धतामा पर्छन्। विशेषगरी लमजुङको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठोस योजनाले जिल्लाको आर्थिक समृद्धिमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
नेपाली काँग्रेस लोकतन्त्र, राष्ट्रियता र समाजवादका मूल्य–मान्यतामा अडिग रहँदै आएको ऐतिहासिक पार्टी हो। देशमा लोकतन्त्र स्थापनादेखि संविधान निर्माणसम्म काँग्रेसले खेलेको भूमिका जनताले कहिल्यै बिर्सन सक्दैनन्। यही लोकतान्त्रिक मूल्य, स्थिरता र विकासको निरन्तरताका लागि आज लमजुङमा पनि बलियो र जिम्मेवार नेतृत्व अपरिहार्य बनेको छ।
स्थानीय बुद्धिजीवी, युवा, व्यवसायी, महिला तथा विभिन्न समुदायका नागरिकहरू स्थिर सरकारबिना विकास सम्भव नहुने निष्कर्षमा पुगेका छन्। विगतका अनुभवबाट पाठ सिक्दै अब स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व र जनमुखी नीतिका साथ अघि बढ्नुपर्ने आवाज बलियो हुँदै गएको छ। यही सन्दर्भमा नेपाली काँग्रेस र उम्मेदवार गम प्रसाद गुरुङ लमजुङको समग्र विकासको भरोसायोग्य विकल्पका रूपमा प्रस्तुत भएका छन्।
अबको निर्वाचन केवल व्यक्ति चयनको मात्र विषय होइन, यो लमजुङको भविष्य कता जाने भन्ने निर्णय हो। विकास, रोजगारी, सुशासन र समृद्धिको यात्रामा लमजुङलाई अग्रसर गराउन नेपाली काँग्रेसको नेतृत्वमा बलियो बहुमत आवश्यक छ।
लमजुङ्गका युवाहरुको एउटै बोली छ लमजुङको उज्यालो भविष्य, दिगो विकास र स्थिर सरकारका लागि-नेपाली काँग्रेसको रूख चिन्हमा मतदान गरौं,गम प्रसाद गुरुङलाई अत्यधिक बहुमतका साथ विजयी बनाऔं।