बगराम एयरबेस फिर्ता नदिए अफगानिस्तानले भयानक परिणाम भोग्ने ट्रम्पको चेतावनी

ecopolinews.com

काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई बगराम एयरबेस फिर्ता नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

आइतबार उनले सामाजिक सञ्जाल ट्रुथ सोशल मा लेख्दै भनेका छन्, “यदि अफगानिस्तानले बगराम एयरबेस यसको वास्तविक मालिक अर्थात अमेरिका फिर्ता दिँदैन भने, परिणाम निकै भयानक हुनेछ।”

यसअघि बेलायत भ्रमणका क्रममा पनि ट्रम्पले अमेरिकी सरकार बगराम एयरबेस पुनः प्राप्त गर्ने प्रयासमा रहेको बताएका थिए। उनले बारम्बार उक्त सैन्य ठिकाना अमेरिकाकै नियन्त्रणमा हुनुपर्ने दाबी गर्दै आएका छन्।

उनको अभिव्यक्तिप्रति तालिबानले भने तीव्र प्रतिक्रिया जनाउँदै, “इतिहास साक्षी छ, कुनै पनि विदेशी शक्ति हाम्रो भूमिमा कहिल्यै स्वीकार गरिएको छैन,” भनेको छ।

बगराम एयरबेस अमेरिकी सेनाले दशकौंसम्म प्रयोग गरेको महत्वपूर्ण रणनीतिक ठिकाना हो, जसलाई अमेरिका अफगानिस्तानबाट सेना फिर्ता लिएसँगै तालिबानको नियन्त्रणमा गएको थियो।

प्रतिक्रिया