प्रतिनिधिसभा निर्वाचन २०८२ : निर्वाचन आयोगले पूर्ण कार्यक्रम सार्वजनिक

ecopolinews.com

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी २१ फागुन २०८२ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले पहिलो हुने निर्वाचित (एफपीटीपी) तथा समानुपातिक (पीआर) दुवै प्रणाली अन्तर्गतको सम्पूर्ण तालिका स्वीकृत गरी आयोगको वेबसाइट र नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो।

❖ पहिलो-पास-दि-पोस्ट (प्रत्यक्ष) निर्वाचन कार्यक्रम

प्रत्यक्षतर्फका सबै प्रमुख प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।

माघ ६:

बिहान १० बजेबाट बेलुका ५ बजेभित्र उम्मेदवार मनोनयन दर्ता

साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको प्राथमिक सूची प्रकाशन

माघ ७:

बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयनविरुद्ध उजुरी दिने समय

दिउँसो ३ बजेपछि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरी छानबिन र निर्णय

माघ ८:

बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक

माघ ९:

बिहान १०–१ बजेसम्म उम्मेदवार नाम फिर्ता

दिउँसो १–३ बजेसम्म अन्तिम नामावली प्रकाशन

दिउँसो ४–साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण

❖ समानुपातिक (पीआर) निर्वाचन कार्यक्रम

समानुपातिक प्रणाली अन्तर्गतका प्रक्रिया मंसिर २१ बाट सुरु हुनेछन्।

मंसिर २१–२३:

राजनीतिक दलहरूले निर्वाचनमा सहभागी हुन निवेदन दर्ता

मंसिर २४:

दलहरूको नामावली प्रकाशन

पुस १३–१४:

बिहान १० देखि दिउँसो ४ बजेसम्म बन्द सूची (Closed List) दर्ता

माघ २०:

बिहान १० देखि बेलुका ५ बजेसम्म बन्द सूचीको अन्तिम प्रकाशन

❖ मतदान : फागुन २१

आयोगले स्वीकृत तालिकाअनुसार फागुन २१ गते बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म देशभरका सम्बन्धित मतदान केन्द्रहरूमा मतदान हुनेछ।

प्रतिनिधिसभा सदस्य चुनावलाई व्यवस्थित, पारदर्शी र भरोसामय बनाउन आयोगले सबै प्रक्रिया समयमै र चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ।

प्रतिक्रिया