नारायणगढमा ‘सेकेन्ड राइनो मुवाय थाई च्याम्पियनसिप २०२६’ हुँदै, राष्ट्रिय खेलकुद माहोल तात्दै

ecopolinews.com

रविन्द्र कट्टेल - चितवनको नारायणगढस्थित सिद्धार्थ होटलमा यही चैत १४ र १५ गते बिहान ११ बजेदेखि ‘सेकेन्ड राइनो मुवाय थाई च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ। Rhino Muay Thai Gym Fitness Center Chitwan को आयोजनामा हुन लागेको प्रतियोगिताले मुवाय थाई खेलप्रति युवापुस्तामा बढ्दो आकर्षणलाई थप बल दिने अपेक्षा गरिएको छ।

प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। कार्यक्रमलाई Rhino Fitness Hub ले मुख्य समर्थन गरेको छ भने खेल क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरूको समेत सहकार्य रहने बताइएको छ।

आयोजकका अनुसार प्रतियोगिताले राष्ट्रिय स्तरमा मुवाय थाई खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुर्‍याउनेछ। चितवनमा लगातार दोस्रो संस्करणको रूपमा आयोजना हुन लागेको यस प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतियोगितामा खेलप्रेमी, प्रशिक्षक, खेलकर्मी तथा स्थानीय दर्शकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले खेललाई सभ्य, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।


प्रतिक्रिया