नेपालको चर्चित हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ४ ले आफ्ना उत्कृष्ट १५ फाइनलिस्टको घोषणा गरेको छ। निर्देशक तथा निर्माता विशाल भण्डारीका अनुसार पछिल्लो एपिसोडमार्फत अन्तिम प्रतियोगीहरूको नामावली सार्वजनिक गरिएको हो। प्रतिस्पर्धामा अब विपिन भट्टराई, कल्पना खतिवडा, किशोर ढुंगेल, डिल्लीराज अधिकारी, नवलजंग खड्का, सुभम सिंह, अभिषेक काफ्ले, सन्दीप दवाडी, अर्जुन पोखरेल, दिवस कार्की, जतन अधिकारी, आशिष न्यौपाने, रोशन कार्की, पवन खवास र सन्तोष जेठराबीच उपाधिका लागि रोचक भिडन्त हुनेछ।ok
११ असोज २०८३, आईतबार ०४:३२ मा प्रकाशित