राष्ट्रको लागि केही गर्न वा मर्न तयार” — हामी नेपालीका संयोजक सुदन गुरुङद्वारा ‘एरेष्ट ओली–लेखक अभियान’ सुरु

ecopolinews.com

काठमाडौं, २० असोज । ‘हामी नेपाली’ अभियानका संयोजक सुदन गुरुङले ‘एरेष्ट केपी ओली, एरेष्ट रमेश लेखक एण्ड एरेष्ट मर्डरर’ नामक नयाँ ट्रेन्ड सुरु गरेका छन्। राष्ट्रको लागि “केही गर्न वा मर्न तयार छु” भन्दै उनले यो अभियान सार्वजनिक गरेका हुन्।

जेन–जी आन्दोलनका क्रममा भएको दमनका समयमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा थिए भने गृह मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका नेता रमेश लेखकले सम्हालेका थिए।

उक्त घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको छ। आयोगले ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्दै उनीहरूलाई काठमाडौं उपत्यका बाहिर जान प्रशासनिक अनुमति आवश्यक पर्ने व्यवस्था गरेको बताइएको छ।

सुदन गुरुङले सामाजिक सञ्जालमार्फत सुरु गरेको ‘एरेष्ट क्याम्पेन’मा उनले तत्काल ती व्यक्तिहरूलाई पक्राउ गर्न माग गरेका छन्। साथै उनले चेतावनी दिँदै भनेका छन्, “यदि राज्यले कारबाही नगरे, राष्ट्रकै नाममा एक्सन लिइनेछ।”

प्रतिक्रिया