आजै किन भैरहवा हिँड्दैछन् रवि लामिछाने ?

ecopolinews.com

काठमाडौं, ३ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौंमै रहने भएका छन् । उच्च अदालत, बुटवलले शर्तसहित थुनामुक्त गर्न आदेश दिए पनि औपचारिक प्रक्रिया पूरा गर्न उनी भैरहवा जाने तयारीमा जुटेका हुन् ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको हो । तर उक्त आदेश जिल्ला अदालत रुपन्देहीमा औपचारिक रूपमा पुग्नुपर्ने भएकाले आजै उनी रिहा हुने अवस्था बनेन ।

रास्वपा स्रोतका अनुसार, अदालतको आदेश शुक्रबार मात्रै जिल्ला अदालत रुपन्देहीमा पुग्नेछ । त्यसपछि आवश्यक कागजी प्रक्रिया मिलाउन लामिछाने भोलि बिहान हवाईमार्गबाट भैरहवा जाने तयारीमा छन् ।

उच्च अदालतको आदेश कार्यान्वयन भएपछि मात्रै उनको थुनामुक्ति सम्भव हुने भएकाले आज नख्खु कारागारबाट बाहिरिने अवस्था नरहेको स्रोतले जनाएको छ ।

अदालतको आदेशपछि लामिछानेको रिहाइ कहिले र कसरी हुन्छ भन्ने विषयमा चासो बढिरहेका बेला, उनी स्वयं प्रक्रिया पूरा गर्न भैरहवा जान लागेका हुन् ।

प्रतिक्रिया