सर्वोच्च शिखरमा कामी रिताको अर्को ऐतिहासिक छलाङ : ३२औँ पटक सगरमाथाको सफल आरोहण

ecopolinews.com

विश्वविख्यात नेपाली आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै इतिहासमा अर्को स्वर्णिम पाना थपेका छन्। आइतबार (जेठ ३ गते) बिहान ठीक १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्दै उनले सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने यसअघिको आफ्नै विश्व कीर्तिमानलाई सानदार रूपमा भंग गरेका हुन्। पर्यटन विभागले उनको यस ऐतिहासिक सफलताको औपचारिक रूपमा पुष्टि गरेको छ।

सन् १९७० जनवरी १७ मा सोलुखुम्बुको थामेमा जन्मिएका कामी रिताले आफ्नो अदम्य साहस, लामो अनुभव र पर्वतप्रतिको अगाध समर्पणमार्फत पुनः एकपटक विश्वसामु नेपाल र नेपालीको शिर उच्च बनाएका छन्। पर्यटन विभागका तर्फबाट सगरमाथा आधार शिविरमा खटिएका उपसचिव खिमलाल गौतमका अनुसार, यस गौरवपूर्ण दिनले नेपालको पर्वतारोहण इतिहासमा एकैपटक दुईवटा महत्त्वपूर्ण कीर्तिमान कायम गरेको छ। कामी रिताको यो अतुलनीय र असाधारण सफलताले समग्र देशलाई गौरवान्वित मात्र बनाएको छैन, विश्व पर्वतारोहण जगतमै मानव क्षमताको एक अद्वितीय र प्रेरणादायी उदाहरण समेत प्रस्तुत गरेको छ।pc:barhakhari

प्रतिक्रिया