रविन्द्र कट्टेल - काठमाण्डौ,मनमैजु - दैनिक व्यस्तता, थकान, मानसिक दबाब र समयको दियोमा जलेर बाँचिरहेको वर्तमान जीवनशैलीबीच, शरीरलाई पनि एकदमै स्नेह, विश्राम र पुनर्जीवन चाहिन्छ। यिनै आवश्यकतालाई आत्मसात् गर्दै Northern Ruby Wellness Centre मनमैजुमा भव्य रूपमा सञ्चालनमा आएको छ। छन्त्याल संघको अगाडि, कामना विकास बैंक भवनमा अवस्थित यो केन्द्र स्वास्थ्य र सौन्दर्य प्रेमीहरूको नयाँ गन्तव्य बनेको छ।
सबै आगन्तुकलाई Complimentary Green Tea द्वारा स्वागत गरिन्छ, जसले शरीरलाई ताजा बनाउँछ, पाचन सुधार गर्छ र रिल्याक्सेसनको यात्रा सुरु गर्न सहज माहोल तयार पार्छ।
यो केन्द्रको सफल सञ्चालनमा अध्यक्ष प्रेम तामाङको दूरदृष्टि, समर्पण र नेतृत्वको भूमिका अत्यन्त नै उल्लेखनीय छ। उनी केवल एक अध्यक्ष मात्र होइनन्, स्वस्थ समाज निर्माणका अभियन्ता पनि हुन्। उनका अनुसार, “तनावले भरिएको समयले मानिसलाई भित्रैदेखि थकित बनाइरहेको छ। मानिसलाई शरीर र मन दुवै तर्फबाट पुनर्जीवित बन्ने एक सुरक्षित, स्वच्छ र प्रभावकारी ठाउँ आवश्यक छ—अहिले Northern Ruby Wellness Centre यही आवश्यकताको उत्कृष्ट उत्तर बनेको छ।”
यहाँ आउने जो–कोहीलाई सुरुका केही मिनेटमै फरक महसुस हुन्छ—शान्त, सुव्यवस्थित र सुरुचिपूर्ण वातावरण। मानौं बाहिरको भीडभाड, कामको चाप र मानसिक दवाब यहाँ प्रवेश गर्नासाथ बिसर्जन हुन्छ। यहाँ प्रदान गरिने Sauna, Steam, Spa र Moroccan Bath सेवा साधारण उपचार होइनन्, यी शरीर र मनको “डीप हिलिङ” प्रक्रिया हुन्।
सौना र स्टीम भित्र पसिनासँगै शरीरमा जमिएका टक्सिनहरू बाहिर निस्केर हल्कापन बढाउँछन्, छाला सफा र उज्यालो देखिन्छ, र शरीरमा ऊर्जा पुनः संचारित हुन्छ। Spa ले थकित मांसपेशीलाई आराम, दिमागलाई शान्ति र मनलाई सन्तुलन प्रदान गर्छ।
तर यहाँको सबैभन्दा आकर्षक सेवा - Moroccan Bath-अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य उपचार हो, जसले शरीरको मृत छाला हटाएर नयाँ ग्लो दिने मात्र होइन, गहिरोसम्म सफा गर्ने र मानसिक थकान समेत पगालिदिने अद्भुत क्षमता राख्छ।
यस्ता सुविधा एकै स्थानमा, सुरक्षित वातावरणमा र प्रशिक्षित थेरापिस्टबाट पाइने भएकै कारण, नर्दर्न रुबी वेलनेस सेन्टर छोटो समयमा नै चर्चित बन्न थालेको छ। अध्यक्ष प्रेम तामाङले ग्राहकलाई पूर्ण सम्मान, गोपनीयता र उत्तम अनुभव दिने वातावरण निर्माणमा विशेष ध्यान दिएको स्पष्ट देखिन्छ।
यस केन्द्रमा आउने प्रत्येक व्यक्तिले केही क्षणका लागि भए पनि संसारको चाप बिर्सिन्छन्, आफूलाई पुनः नयाँ रूपमा महसुस गर्छन्, र घर फर्कँदा हल्का, ताजा र सकारात्मक ऊर्जा बोकेर जान्छन्। यिनै कारणले नर्दर्न रुबी वेलनेस सेन्टर स्वास्थ्यप्रेमीहरूको मनमा विशेष स्थान बनाउँदै गएको छ।
मनमैजु आसपासका बासिन्दादेखि काठमाडौँका अन्य क्षेत्रका मानिससम्म, सबैलाई यहाँ आउन र आफ्नो स्वास्थ्य, सुन्दरता तथा मानसिक शान्तिको ख्याल राख्न केन्द्रले हार्दिक आग्रह गरेको छ।
अध्यक्ष प्रेम तामाङ भन्छन्, “स्वास्थ्यमा लगानी गर्न कहिल्यै ढिलो हुँदैन। शरीर र मनलाई माया गर्न सिकौँ। यहाँ आउने जो–कोहीलाई हामीले पूर्ण रूपमा सुरक्षित, आरामदायी र अविस्मरणीय अनुभव दिन प्रतिबद्ध छौँ।”
सम्पर्कका लागि—
Northern Ruby Wellness Centre
Manamaiju, Chhyantyal Sangh opposite Kamana Development Bank Building
फोन: +977 97675077048
१७ मङ्सिर २०८२, मङ्गलबार ०९:१७ मा प्रकाशित