जेनजी प्रदर्शनमा लुटिएका ३०३ राइफल दमकको मन्दिरनजिक बेवारिसे अवस्थामा फेला

ecopolinews.com

झापा, २५ असोज । झापाको दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ थान राइफल फेला परेको छ।

आज बिहान स्थानीयवासीले मन्दिरनजिक राइफल फेला परेपछि तत्कालै इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा गएको टोलीले घटनास्थल पुगेर हतियार बरामद गरेको हो।

झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेका ती सबै राइफल गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका हतियार भएको पुष्टि भएको छ। राइफलसँगै म्यागजिन पनि फेला परेको बताइएको छ।

हाल बरामद हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया