१८ असोज, काठमाडौं। लगातार वर्षापछि आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोला अवरुद्ध भएको छ। प्रहरीले जानकारी दिएको अनुसार यी सडक दुईतर्फी नै बन्द भएका छन्।
अविरल वर्षा र ढुंगा–माटो खस्ने क्रम अझै जारी रहेकोले अवरुद्ध सडकलाई तत्काल पन्छाउन कठिनाइ भइरहेको छ। यही कारणले यात्रुहरूले दैनिक यात्रा गर्न गाह्रो भएको अवस्था छ।
यी सडकखण्डमा पटक–पटक पहिरो खसेर अवरुद्ध हुने क्रम नियमित रूपमा भइरहेकाले स्थानीय र यात्रु दुवै समस्यामा परेका छन्।
१८ असोज २०८२, शनिवार ०६:५३ मा प्रकाशित