मध्यराति घरैबाट पक्राउ परेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी कार्यालयबाट मुक्त, परिवारको जिम्मा लगाइयो!

ecopolinews.com

शनिबार मध्यराति महाराजगञ्जस्थित आफ्नै निवासबाट प्रहरी टोलीद्वारा नियन्त्रणमा लिइएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले परिवारको जिम्मा लगाएर छाडेको छ। प्रहरीले 'सुरक्षा थ्रेट' का कारण नियन्त्रणमा लिनुपरेको दाबी गरे पनि पक्राउको स्पष्ट कानुनी कारण नखुपाइएको र भेट्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत ४५ मिनेट कुराएर भेट्न नदिई फर्काइएकाले प्रहरीको यस अपारदर्शी शैलीमाथि कानुनविद्हरूले गम्भीर प्रश्न उठाएका छन्।

प्रतिक्रिया