काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२६ को अवसरमा राजधानी काठमाडौं फेरि एकपटक अन्तर्राष्ट्रिय संगीत र पर्यटनको संगमस्थल बन्ने भएको छ । विश्वव्यापी रूपमा चर्चित पञ्जाबी गायक मिक्ससिंह जसको विशेष प्रस्तुति ‘पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ ठमेलस्थित क्लब नोभामा आयोजना हुँदैछ । नयाँवर्षलाई सांगीतिक उत्सवमार्फत स्वागत गर्ने यो कार्यक्रम केवल मनोरञ्जनमा सीमित छैन, यसले नेपाललाई विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा चिनाउने उद्देश्य बोकेको छ ।
‘सुनियाँ सुनियाँ’ जस्तो सुपरहिट गीतमार्फत लाखौं दर्शकको मन जितिसकेका मिक्ससिंह जस कन्सर्टका लागि भारतबाट काठमाडौं आइपुगेका छन् । शनिबार साँझ चार घण्टासम्म चल्ने कन्सर्टमा पञ्जाबी भांगडा डान्ससहित ऊर्जावान प्रस्तुति रहनेछ, जसले ठमेलको रातलाई अन्तर्राष्ट्रिय उत्सवमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । यस्तो स्तरको कार्यक्रमले काठमाडौंको नाइटलाइफलाई मात्र होइन, होटल, रेस्टुरेन्ट, यातायात र समग्र आन्तरिक पर्यटनलाई समेत उल्लेखनीय रूपमा चलायमान बनाउने विश्वास गरिएको छ ।
यस भव्य कन्सर्टको केन्द्रमा छन् क्लब नोभाका सञ्चालक आदरणीय व्यक्तित्व विशाल तुलाचन। उहाँहरुले वर्षौं देखि नेपालको पर्यटन क्षेत्र मा सकारात्मक योगदान गर्दै क्लब नोभालाई केवल मनोरञ्जन स्थल होइन,अन्तर्राष्ट्रिय कलाकार र नेपाली संस्कृतिलाई जोड्ने प्लेटफर्मको रूपमा विकास गर्दै आएका छन् । विशाल तुलाचनको नेतृत्वमा क्लब नोभाले विदेशी कलाकारलाई नेपालको सुरक्षित र मर्यादित रूपमा संगीतमार्फत पर्यटन प्रवर्द्धन गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ । नयाँ वर्षको अवसरमा यति ठूलो अन्तर्राष्ट्रिय कन्सर्ट आयोजना हुनु उहाँको नेपालीको पर्यटन प्रवर्द्धन प्रति दूरदर्शी सोच र नेपालको पर्यटनप्रतिको प्रतिबद्धताको प्रतिफलका रूपमा हेरिएको छ । बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा क्लब नोभा एसियाकै उत्कृष्ट स्थान पाउँदै आइरहेको छ। अन्तराष्ट्रिय कलाकार हरुको नेपाल प्रतिको आगमन लाई सञ्चालक तुलाचन ज्यूले देशको नाम र नेपालको पर्यटन क्षेत्र सुरक्षित र मर्यादित रहेको टिप्पणी गर्नुभएको छ। जसले विदेशी कलाकार हरुलाई सुरक्षित वातावरणमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न मार्गदर्शन गरिरहेको बताउनु भएको छ।
पत्रकार सम्मेलनमा बोल्दै मिक्ससिंह जसले नेपालप्रतिको आफ्नो गहिरो आकर्षण व्यक्त गरे । उनले आफ्नो सुपरहिट गीत ‘सुनियाँ सुनियाँ’ मा उल्लेखनीय नेपाली दर्शकको प्रतिक्रिया आएको उल्लेख गर्दै यही माया र समर्थनले नेपाल आउने चाहना बलियो बनेको बताए । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शन, ऐतिहासिक सम्पदा अवलोकन र सगरमाथा बेस क्याम्प भ्रमण गर्ने योजनाले नेपाललाई केवल कन्सर्ट स्थल होइन, विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा चिनाउने सन्देश प्रवाह गरेको छ ।
मिक्ससिंह जसले नेपाली संगीतप्रति बढ्दो झुकाव रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाली संगीतकर्मीसँग सहकार्य गर्ने र आफ्ना गीतको छायांकन नेपालमै गर्ने सम्भावनाबारे पनि संकेत गरे । संगीतलाई पर्यटन प्रवर्द्धनको सबैभन्दा प्रभावकारी माध्यमका रूपमा लिँदै उनले नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा आफू सधैं साथ दिन तयार रहेको बताए ।
स्किलमाण्डु नेपालको सहकार्यमा आयोजना गरिएको यो कन्सर्टका लागि १ हजार, २ हजार र ५ हजार रुपैयाँका टिकट दर तोकिएको छ । नयाँवर्षको सुरुवातमै आयोजना हुन लागेको यो कार्यक्रमले काठमाडौंलाई सांगीतिक राजधानीका रूपमा स्थापित गर्दै नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । संगीत, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा जोड्ने यस अभियानमा क्लब नोभा र विशाल तुलाचनको भूमिका नेपाली पर्यटन क्षेत्रका लागि उदाहरणीय पहलका रूपमा देखिएको छ ।