काठमाडौं– काठमाडौंबाट बाहिरिने तयारी गरेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले रोक्दै फर्काएको छ।
शनिबार बिहानैदेखि नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको खबर आएको थियो। ट्राफिक प्रहरीले माइकिङमार्फत यात्रुहरुलाई धादिङतर्फको सडक अहिले सुरक्षित नभएको जानकारी गराउँदै अगाडि नबढ्न अनुरोध गर्यो।
यस अनुरोधअनुसार, नागढुंगा चेकपोष्टमा रोकिएका गाडीहरु क्रमशः काठमाडौं फर्किन थालेका छन्। प्रहरीका अनुसार, अनुरोध मान्दै यात्रु र चालकहरुले फर्किनु सुरक्षा दृष्टिले उचित भएको छ।
यात्रु र चालकले प्रहरीको अनुरोधमा सहयोग गरेकोमा ट्राफिक प्रहरीले कृतज्ञता व्यक्त गरेको छ।
१८ असोज २०८२, शनिवार १०:१० मा प्रकाशित