सरकारले ‘जेनजी आन्दोलन’ का ४५ युवालाई शहीद घोषणा गर्‍यो, सुशासन र राष्ट्रहितका लागि बलिदानको सम्मान

ecopolinews.com

१७ कात्तिक, काठमाडौं । नेपाल सरकारले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ का क्रममा ज्यान गुमाएका ४५ युवालाई राष्ट्रिय शहीदको दर्जा दिने निर्णय गरेको छ।

राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्ध उठेको युवाको यो ऐतिहासिक आन्दोलन भदौ २३ र २४ गते देशका विभिन्न भागमा एकसाथ उभिएको थियो। आन्दोलनका क्रममा काठमाडौँसहित मुलुकका दर्जनौँ सहरहरूमा भएको झडपमा ४५ जनाको ज्यान गएको थियो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सोमबार पत्रकार सम्मेलनमार्फत भने,

 “गृह मन्त्रालय र सुरक्षासंस्थाबाट आएको विस्तृत प्रतिवेदनको आधारमा ४५ जनालाई शहीद घोषणा गरिएको छ। अहिलेका लागि थप नाममा अध्ययन हुँदैन।”

यससँगै, जेनजी आन्दोलनका शहीदहरूको नाम राष्ट्रको इतिहासमा अंकित हुनेछ। मन्त्री खरेलका अनुसार शहीद परिवारलाई उचित क्षतिपूर्ति र सम्मानस्वरूप विशेष सहयोग प्याकेज तयार पार्ने विषयमा सरकार छलफलमा छ।

शहीद घोषित हुनेमा काठमाडौँदेखि कैलाली, झापा, बझाङ, गोरखा, मोरङ, सिन्धुली, बैतडी, दोलखा, कास्की लगायत देशका सबै प्रदेशका युवाहरू रहेका छन्।

‘जेनजी आन्दोलन’लाई हालको पुस्ताले “सुशासन र पारदर्शिताका लागि युवा क्रान्ति” का रूपमा लिएको छ।

सामाजिक सञ्जालमा धेरैले यो निर्णयलाई सरकारको सकारात्मक पहल भन्दै स्वागत गरेका छन्, भने केहीले अझै पनि सम्पूर्ण घटनाको सत्य निरूपण माग गरेका छन्।

सरकारको यो निर्णयसँगै जेनजी आन्दोलनका सन्देश— “सिस्टम परिवर्तन र शुद्ध शासनको माग” — अझ बलियो रूपमा पुनः प्रतिध्वनित भएको देखिन्छ।

 क्र.सं. नाम, थर ठेगाना

१ बुद्धिबहादुर तामाङ किर्तिपुर-२ काठमाडौं

२ सन्तोष बिश्वकर्मा बेलका-४ उदयपुर

३ सुलभ राज श्रेष्ठ नेपालगञ्ज-१ बाँके

४ श्रीयम चौलागाई बेलबारी-११ मोरङ

५ ईस्वत बहादुर अधिकारी कामपा-११ काठमाडौं

६ आयुष थापा नेपालगन्ज-१ बाँके

७ गौरब जोशी धनगढी-५ कैलाली

८ योग बहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक

९ माधव सारू मगर भूमिकास्थान-४ अर्घाखाँची

१० बिमल बाबु भट्ट बारपाक सुलिकोट-५ गोरखा

११ असहाव आलम ठकुराई विरगंज-१२ पर्सा

१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ-४ बाग्लुङ

१३ सुभाष कुमार बोहरा खप्तडछान्ना-७ बझाङ

१४ रसिक खतिवडा खत्री पनौति-१० काभ्रे

१५ बिनोद महर्जन ललितपुर-७ ललितपुर

१६ दिल नारायण तामाङ तिमाल-७ काभ्रे

१७ योगेन्द्र न्यौपाने गोलान्जोर-१ सिन्धुली

१८ अभिषेक श्रेष्ठ इनरुवा नपा-६ सुनसरी

१९ मोहन सरदार इटहरी-१४ सुनसरी

२० छत्रमान कुथुमी पाख्रिबास-२ धनकुटा

२१ ओझन बुढा स्वामिकार्तिक खापर-२ बाजुरा

२२ साजन राई धरान-२२ सुनसरी

२३ अनिश पराजुली पालुङटार-३ गोरखा

२४ सारकुमार राई चौदन्डीगढी-३ उदयपुर

२५ अर्जुन भट्ट गण्डकी-४ गोर्खा

२६ धिरज श्रेष्ठ तादी-३ नुवाकोट

२७ देव कुमार सुवेदी लालबन्दी-५ सर्लाही

२८ उमेश महत चौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक

२९ प्रविण कुलुङ सिलिचुङ-३ संखुवासभा

३० निखिता गौतम कालिका-८ चितवन

३१ अभिषेक चौलागाई शैलुङ-४ दोलखा

३२ बिजय चौधरी लहान-१५ सिरहा

३३ भिम राज धामी दुर्गाथली-१ बझाङ

३४ निरज पन्त दशरथ-६ बैतडी

३५ दीपक सिंह साउद शिवनाथ-२ बैतडी

३६ शुभराज बलामी श्रेष्ठ ककनी-१ नुवाकोट

३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११ झापा

३८ दिनेश राजवंशी अर्जुनधारा-ड झापा

३९ कमल भण्डारी हिलिहाङ-२ पाँचथर

४० दिपेश सुनुवार तिनपाटन-६ सिन्धुली

४१ महेश बुढाथोकी विगु-३ दोलखा

४२ लच्छुमान राई पञ्चकन्या-२ नुवाकोट

४३ मिलन राय दुधौली-८ सिन्धुली

४४ अमृत गुरुङ रुपा-५ कास्की

४५ उत्तम थापा लेकाम-३ दार्चुला

प्रतिक्रिया