शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ सर्वसम्मत रूपमा पारित गरेको छ।
दफावार छलफलपछि समितिले विधेयकमा आवश्यक भाषिक तथा प्राविधिक परिमार्जन गर्दै प्रतिवेदन पारित गरेको हो। अब प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्ने प्रक्रिया अघि बढाइएको छ।
समितिकी सभापति डा. ओजश्वी शेरचनले भोटेकोशी बाढीलाई उदाहरण दिँदै विपद्मा बेपत्ता व्यक्तिको पहिचान र खोजतलासका लागि विधि विज्ञान प्रयोगशालाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्।
वैज्ञानिक प्रमाणमा आधारित पहिचान र अनुसन्धानलाई संस्थागत गर्ने दिशामा यो विधेयकलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
८ असोज २०८३, बिहिबार ११:५५ मा प्रकाशित