भदौ २२ गतेको बैठकपछि घोषणा गरिएको आन्दोलन परिस्थितिजन्य कारणले रोक, समितिले चाँडै नयाँ मिति तोक्ने

ecopolinews.com

काठमाडौं । NTEK-Z टीमका सदस्यहरूले भदौ २२ गते बसेको केन्द्रीय समितिको बैठकका निर्णयअनुसार २३ गतेदेखि सुरु गर्ने भनिएको शान्तिपूर्ण आन्दोलन स्थगित गरेको घोषणा गरेका छन्।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा आन्दोलन विभिन्न परिस्थिति र बाह्य कारणका कारण तत्कालका लागि रोकिएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार, “आन्दोलनलाई स्थगित गर्ने निर्णय संगठनका केन्द्रीय पदाधिकारीहरूले सर्वसम्मत रूपमा गरेका हुन्।”

विज्ञप्तिमा अझ भनिएको छ, “भदौ २३ गतेदेखि सुरु हुने भनिएको आन्दोलनलाई हालको परिस्थितिका कारण स्थगित गरिएको हो र सो स्थगित आन्दोलनको नयाँ मिति चाँडै सार्वजनिक गरिनेछ।”

NTEK-Z का अध्यक्ष प्रज्वल लामा, प्रवक्ता प्रदिप भट्टराई, संयोजक सुरेन्द्र घर्ति, र सदस्य सुनिल सिंहद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा संगठनले आन्दोलनका लक्ष्यहरूप्रति दृढ प्रतिबद्धता रहेको पुनः दोहोर्याएको छ।

संगठनले हालको अवस्थालाई समीक्षा गर्दै पुनः प्रभावकारी रणनीतिसहित आन्दोलनलाई अघि बढाउने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया