काठमाडौं, असोज १२ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ। हालैको जेन-जी आन्दोलनपछि पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्नुपर्ने दबाब तीव्र बन्दै गएका बेला कांग्रेसले पहिलोपटक बैठक बोलाएको हो। गत असोज २४ गते भएको आन्दोलनका क्रममा सभापति देउवा र उनकी पत्नीमाथि भएको साङ्घातिक आक्रमणले पार्टी भित्रै ठूलो हलचल ल्याएको छ। उनीहरु हाल पनि उपचाररत छन्। यस बैठकले आगामी राजनीतिक बाटो, नेतृत्वको भविष्य तथा आन्दोलनपछिको संगठनात्मक रणनीतिबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।
१२ असोज २०८२, आईतबार ०९:४८ मा प्रकाशित