नेपालमा फेसबुक–ट्वीटर–युट्युब ‘बन्द’: सरकारको ऐतिहासिक कदम

ecopolinews.com

काठमाडौँ । नेपाल सरकारले देशभर प्रयोग हुँदै आएका फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रालयमा बसेको बैठकमार्फत सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार पठाइसकेको छ।

सरकारको निर्णयअनुसार आजदेखि नै ती सामाजिक सञ्जाल नेपालमा प्रयोग गर्न नपाइने भएको छ। तर, सम्बन्धित कम्पनीहरूले नेपालमा कानुनी प्रक्रिया पूरा गरी दर्ता गराएपछि भने क्रमशः खोलिदिने व्यवस्था गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले अनुमति नलिएका सामाजिक सञ्जाल तथा ओटीटी एप्स नियमन गर्न र विदेशी डिजिटल प्रसारणलाई नेपालमा सञ्चालन गर्न अनुमति लिनुपर्ने आदेश जारी गरेको थियो।

सर्वोच्चको परमादेशसँगै सरकारले कडाइपूर्वक कार्यान्वयन सुरु गरेको छ। यस कदमलाई कतिपयले “डिजिटल सार्वभौमिकताको सुरुवात” भन्दै स्वागत गरेका छन् भने अरूले अभिव्यक्ति स्वतन्त्रता र पहुँचमा ठूलो प्रहार भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया