सेनाको ब्यारेकमै ओली: नेताहरूको उद्धारपछि अझै सुरक्षा चनाखो

ecopolinews.com
भदौ २४ को जनप्रदर्शनमा १९ जनाको मृत्यु भएपछि राजनीतिक संकट चुलिँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित झण्डै सय नेता–मन्त्रीलाई सेनाले विभिन्न ब्यारेकमा सार्‍यो। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई फर्किसके पनि ओली अझै ललितपुरस्थित ब्यारेकमै छन्। उनका आफन्तले ‘सरकारको निर्णय कुर्दै बसेका’ बताएका छन्।

भीषण आन्दोलनले नेताहरू घरछाडा हुनुपरेको थियो। केहीले सम्पत्ति जलेपछि आफन्तकहाँ बस्न थाले। यसैबीच भीडले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुलाई निवासमै आक्रमण गर्‍यो। सुरक्षाकर्मीले धक्का–मुक्कामै उद्धार गरी अस्पताल पु¥याए। हाल दुवैको अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।

सैनिक स्रोतका अनुसार नेता–मन्त्रीहरूको सुरक्षामा अझै कडाइ जारी छ, जबकि आन्दोलनले सत्ता समीकरण पुरै उल्ट्याइदिएको छ।

प्रतिक्रिया