सिंहदरबारमा हलचल: प्रधानमन्त्री कार्की र मेयर बालेनबीच ‘५० करोड’ भ्रष्टाचार प्रकरणमा गोप्य सौदा !

ecopolinews.com

काठमाडौं– सिंहदरबार आज दिउँसो राजनीतिक हलचलले तातेको छ। प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच विशेष भेटवार्ता भएको छ।

भेटमा प्रधानमन्त्रीले बालेनलाई “जेन्जी आन्दोलनको मर्मअनुसार सरकार चलिरहेको छ” भन्दै समर्थन जुटाउने प्रयास गरेकी थिइन्। तर, बालेनले पनि आन्दोलनको भावना र पारदर्शितामै अडिग रहन आग्रह गर्दै प्रधानमन्त्रीलाई सीधा चुनौती दिएका छन्।

तर यो भेटको ‘हट टपिक’ भने गृहमन्त्री ओमप्रकाश अर्याल र आइजिपी चन्द्रकुवेर खापुङबीचको भनिएको ५० करोड रुपैयाँको भ्रष्टाचार प्रकरण नै हो।

आइतबार विश्वखबरले “गृहमन्त्री अर्याल र आइजिपी खापुङको मिलेमतोमा सामान खरिद टेन्डरमा ५० करोड भ्रष्टाचार” शीर्षकमा समाचार छापेपछि सरकारभित्र ठूलो विस्फोट भएको थियो।

सोही दिन बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री कार्कीले गृहमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनिएको थियो। तर अर्यालले आफूले प्रत्यक्ष मेयर बालेनलाई जवाफ दिने अडान लिएपछि परिस्थिति उल्टिएको हो।

आन्तरिक संवादपछि आज सिंहदरबारमा भएको भेटमा मेयर बालेनले प्रधानमन्त्रीलाई स्पष्ट सुझाएका छन्–

 “गृहमन्त्रीको राजीनामा अहिलेको अवस्थामा उचित हुँदैन।”

यसपछि प्रधानमन्त्री कार्की आफ्नो अडान बदल्दै गृहमन्त्रीको राजीनामा तत्कालै नलिने निर्णयमा पुगेकी छिन्।

यस घटनाले सरकारभित्रको सत्ता–सन्तुलन र बालेनको बढ्दो राजनीतिक प्रभावलाई झनै उजागर गरेको विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया