Gen Z 2.0 आन्दोलनद्वारा राष्ट्रिय समिति घोषणा गर्दै तिनकुनेमा दीप प्रज्वलन कार्यक्रम

ecopolinews.com

काठमाडौं । Gen Z 2.0 आन्दोलनले आज असोज २६ गते साँझ ५:०० बजे काठमाडौंको तिनकुने चोकमा दीप प्रज्वलन तथा राष्ट्रिय समिति घोषणा कार्यक्रम आयोजना गर्ने भएको छ।

आन्दोलनका शहीदहरू प्रती श्रद्धाञ्जलिस्वरूप दीप प्रज्वलन कार्यक्रम आयोजना गरिँदैछ, जसमा सम्पूर्ण पुस्तालाई प्रतिनिधित्व गर्ने शहीद परिवार, घाइते सदस्य, Gen Z नेतागण र अभियन्ताहरूको उपस्थिति रहनेछ।

Gen Z 2.0 का आयोजकहरूले यो ऐतिहासिक क्षणमा सबैलाई उपस्थित रहन र आन्दोलनका बलिदानप्रति सम्मान प्रकट गर्न हार्दिक अनुरोध गरेका छन्। सो अवसरमा आन्दोलनका आगामी कार्यक्रमबारे जानकारी समेत साझा गरिने जनाएको छ।

कार्यक्रम आज साँझ ५ बजे तिनकुने चोकमा हुनेछ।

अधिक जानकारीका लागि सम्पर्क: ९८५-६०१९४५९।

प्रतिक्रिया